चट्याङ लागेर गुल्मीमा ९ जना घाइते

गुल्मी : चट्याङ लागेर गुल्मीमा ९ जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाको एक टोलमा गत राति चट्याङ ९ जना घाइते भएका हुन् । ती मध्ये गम्भीर रहेको एक जनालाई जिल्ला अस्पतालबाट गए राती नै पाल्पा रिफर गरिएको छ । गाउँपालिका–३ र ४ को बीचमा पर्ने तोरीपाटा र मालारानी गाउँमा अविरल वर्षाको साथै चट्याङ परेपछि टोलमा भागाभाग भएको थियो ।

भागाभाग कै क्रममा तोरीपाटा गाउँका ५० वर्षीय झके नेपालीसहित ९ जना चट्याङ्ग लागेर घाइते भएका थिए । घाइतेहरूमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेकोले इस्मा ३ तोरीपाटाकी २२ वर्षीया गीता नेपालीलाई पाल्पाको प्रभास अस्पतालमा गए राती नै रिफर गरिएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । झके नेपाली र १९ वर्षीया रिता नेपालीको जिल्ला अस्पताल मै उपचार भइरहेको छ ।

बिज्ञापन

२४ वर्षीया बालिका नेपाली, २८ वर्षीया लक्ष्मी नेपाली (क) १९ वर्षीया लक्ष्मी नेपाली (ख) २२ वर्षीया सीता नेपाली , ४५ वर्षीय तेजबहादुर नेपाली , वडा नम्बर ४ मालारानीकी ३२ वर्षीया पार्वती नेपाली र २९ वर्षीया जलपा नेपालीसहित ६ जनाको स्थानीय मेडिकल मै उपचार भइरहेको छ ।