
काठमाडौं । इन्डियन प्रिमियर लिगका बाँकी खेलहरु संयुक्त अरब इमिरेट्स (युएई) मा हुने भएको छ ।

बिसिसिआईको विशेष साधारणसभाबाट यस्तो निर्णय गरिएको हो । बिसिसिआईका सबै सदस्यहरु आइपिएलका बाँकी खेलहरु युएईमा गर्न सहमत भएका हुन् ।
बिज्ञापन



यसअघि भारतमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर आइपिएलका खेलहरु अनिश्चितकालका लागि रोकिएको थियो ।

केही टिमका खेलाडीहरुलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो । जारी आइपिएलका पहिलो चरणका २९ खेल भएका छन् । अब ३१ खेल हुन बाँकी छ ।