
काभ्रे : टिपरको ठक्करबाट काभ्रेको धुलिखेलमा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्गमा पर्ने धुलिखेल नगरपालिका–३ मा बा ४ ख ६२२० नम्बरको टिपरले प्रदेश ३–०२००७प ४०८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पाँचखाल घर भएका ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार रेग्मी पाँचखाल नगरपालिका–११ का स्थायी बासिन्दा हुन्। दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले टिपर र त्यसका चालकलाई पक्राउ गरेको छ।
बिज्ञापन



