
रोल्पा : नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ । “अधिवेशन हुन नसकेको एक वडामा आज अधिवेशन हुँदैछ”, कांग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने ।

रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुन सकेको थिएन । जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने वडा सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए ।
बिज्ञापन



