जसपाका केन्द्रीय सदस्य सिंहको निधन

जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ । कोरोना पोजेटिभ भएका उनको उपचार वीरगञ्जमा चलिरहेको थियो ।

तर अवस्था बिग्रिँदै गएपछि हिजो हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको मेडिसीटीमा भर्ना गरिएकोमा आज उनको निधन भएको जसपाका केन्द्रीय सदस्य संजय यादवले बताए । नेता सिंह पहिलो र दोस्रो संविधानसभामा बाराको क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । उनका दुई छोरा छन् ।

बिज्ञापन