जुवाडेलाई छुटाउन घुस मागेको आरोपमा माओवादीका कार्यकर्ता पक्राउ

प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस माग्ने कालिकोट घर भएका तिलकबहादुर उपाध्याय र रोल्पाका दत्त बुढालाई प्रहरीले पक्राउ गरेको छ । उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन् भने रोल्पा घर भएका दत्त पूर्व विद्यार्थी नेता हुन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका जुवाडेहरूलाई छुटाउँछौँ भनेर उनीहरूले ३ लाख नगद लिएको अनुसन्धानबाट खुलेको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

बिज्ञापन

घटनाबारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको छ ।