
जनकपुरधाम : सप्तरीमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० रञ्जितपुरका पवन यादवका ९ वर्षीय छोरा अर्जुन कुमार यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

मंगलबार साँझ खेल्ने क्रममा आफ्नै गोठमा भुईँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागेर बालक घाइते भएका थिए । उपचारका लागि कल्याणपुर तर्फ लैजाँदै गर्दा बाटोमै बालकको मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन



