
झापाको गौरादहमा अबैध रूपमा कार्यालय स्थापना गरि ठगी गरेको भन्दै एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वार्ड नं. ६ मैनाखाता घर भएका पुष्प बहादुर भण्डारीलाई सहकारीको कार्यालय बाटै प्रहरीले पक्राउ गरेको हो ।

आरोपित भण्डारी जलपादेवी सहकारी संस्थाका व्यवस्थापक भएको बताइएको छ ।



जलपादेवी सहकारी संस्था संखुवासभाको चैनपुर डांगी गाउँमा दर्ता भएको कृषि सहकारी संस्था रहेकोे पाइएको छ । भण्डारी जलपादेवी सहकारीको गौरादह सेवा केन्द्र का व्यवस्थापक भएको बताइएको छ । उनले जलपादेवी सहकारीको पासबुक बनाएर बिगत ३ महिना देखि स्थानीय व्यवसायीहरु संग पैसा उठाउदै आएको देखिएको छ ।

उनले जलपादेवी सहकारीको नाममा रहेकोे पासबुक गौरादह क्षेत्रमा ५६८ जनालाई वितरण गरेर धमाधम नगद संकलन गर्ने गरेको पाइएको छ ।
संस्था सञ्चालक भण्डारीको नियत माथी संका लागेपछि केही खातावालाहरुले निछेप फिर्ता गराउन माग गरेको तर भण्डारीले आनाकानी गर्न थालेपछि घटना बाहिरिएको थियो ।
कर्जा लगानी गरेको तमासुकमा समेत उनले जथाभावी अंक थप्ने गरेको सरोकारवालाले आरोप लगाएका छन् । २ हजार रिण लगानी गरेको कागजमा १० हजार सम्म लेखेको पाइयो, एक जना पिडितले निछेप फिर्ताको माग गर्दै आक्रोश व्यक्त गरे ।
उनको कार्यालय अबैधानिक रूपमा चलेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेको खवर पाएपछि ओमकार टाइम्सले फलोअप गरेको थियो । सहकारी कार्यालयले अपनाउनु पर्ने सामान्य नम्स समेत अवलम्बन नगरिएको पाइएको उनको कार्यालयमा ४ जना कर्मचारी रहेको तर अहिलेसम्म कसैले पनि तलब नपाएको पाइएको छ ।
महिनाको ५ हजार तलब दिने भन्दै नगद संकलन गर्न राखिएका दुई जना महिला कर्मचारीले अहिलेसम्म एक पैसा तलब नदिएको बताएका छन् ।
कार्यालयका कर्मचारीहरुले आफुहरु माथी भण्डारीले दुर्व्यवहार समेत गर्ने गरेको महिला कर्मचारीहरुले आरोप लगाएका छन् ।
ठगी धन्दामा संलग्न भण्डारीलाई स्थानीयले कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् ।