माधव नेपालसहित समाजवादीका  नेताहरु निर्वाचन आयोगमा

दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् ।

बिज्ञापन

आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ ।

नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । दुवै दललाई आज आयोगले सनाखतका लागि बोलाएको हो ।

माधव नेपाल अध्यक्ष रहेको नेकपा समाजवादी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले भदौ २ गते दल दर्ताका लागि निवेदन दिएका थिए ।