आजको मौसम : तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : देशभर आज सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन

बुधबार देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।