उखु किसानको सम्पूर्ण भुक्तानी नगरे आन्दोलन गर्ने किसान संगठनहरुको चेतावनी
काठमाडौँ: उखु किसानको रकम तुरुन्त भुक्तानी नगरिएमा विभिन्न ६ वटा किसान संगठनहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिले नेपाल किसान महासंघ (अप्फा) अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आइतबार संयुक्त वक्तव्य जारी गर्दै उखु किसानको रकम तत्काल भुक्तानी नगरिए चिनी उद्योगी, व्यापारी र सरकार विरुद्ध कडा संघर्षमा उत्रिने बताएको छ ।

बिज्ञापन

‘यसअघि अनेक जालझेल र तिकडम गरेर सत्तामा टिकेको विगतको केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने र किसानहरूले सडकमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने भनेर किसान संगठनहरू र उखु किसानहरूलाई झुठो आश्वासन दियो तर आफ्नो वचन पूरा गरेन,’ जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

किसानहरू जिल्ल परे । परिणामतः आज नेपाली उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेको छ र पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ ।