नेपाल चलचित्र संघको पूर्वाञ्चल सभापतिमा बराल

झापा । पाथीभरा सिनेमा प्रा.ली.का संचालक तथा दमकका व्यावसायी चैतन्य बराल नेपाल चलचित्र संघको पूर्वाञ्चल सभापतिमा निर्वाचित भएका छन् ।काठमाडौंमा भएको संघको ४६ओैं साधारणसभाले बराललाई पूर्वाञ्चल सभापतिमा निर्वाचित गरेको हो ।

 

बिज्ञापन

झन्डै २०० प्रतिनिधिको सहभागीतामा भएको साधारणसभाले पूर्वाञ्चल , पश्चिमाञ्चल , मध्यपश्चिमाञ्चल र काठमाडौंमा शाखा समेत गठन गरेको थियो भने मधुसूदन प्रधानको नेतृत्वमा १६ सदस्यीय नेपाल चलचित्र संघको केन्द्रीय समिति गठन गरेको थियो ।

 

नवनिर्वाचित सभापति बरालले आफुलाई यो बिजयले नेपाली चलचित्र उद्योगलाई अझ बढि प्रभावकारी ढंगले अगाडि बढाउन हौसला मिलेको ओमकार प्रतिनिधि लाई जानकारी गराए ।उनले बितरक , निर्माता , हल संचालक र ब्याबस्थापक बिचमा स्वास्थ्य प्रतिस्पर्धा गराउन आफू प्रतिबद्ध रहेको जानकारी गराए ।