सुनचाँदीको गहना सहित एकजना पक्राउ

वीरगञ्ज – प्रहरीले भारतबाट अवैधरूपमा ल्याएको सुन तथा चाँदीका गहनासहित एक युवकलाई पक्राउ गरेको छ।

सुन र चाँदीका गहनासहित प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका–२ बस्ने १९ वर्षका सोनु कुमार सोनारलाई पक्राउ गरेको हो।

बिज्ञापन

इलाका प्रहरी कार्यालय पोखरियाको चेकिङ टोलीले जगरनाथपुर गाउँपालिका–२ स्थित सडक खण्डबाट सोनारलाइ अवैध रूपमा ल्याइएको सुन र चाँदीका गहनासहित पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १ के.जी.९७० ग्राम र सुन जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १४.४०० मिली ग्राम बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

अवैध सुन र चाँदीसहित पक्राउ परेका सोनारलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने खनालले बताए।