एक लाख ८० हजार घुस लिने इन्जिनियर परे अख्तियारको फन्दामा | OmkarTimes.com

काठमाडौं । सिँचाइ कार्यालय भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई एक लाख ८० हजार घुससहित पक्राउ परेका छन् ।

 

बिज्ञापन

यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त घुससहित सोमबार पक्राउ गरेको हो । आयोगले यादवलाई षडानन्द नगरपालिका–१३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेका हो ।

 

अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीबाट लिइसकेको एक लाख ८० हजार रुपैयाँ घुससहित यादवलाई भोजपुर नगरपालिका–७ स्थित फुपू भदैनी होटलबाट पक्राउ गरी अनुसन्धान थालिएको छ।