आलमलाई आठ दिन म्याद थप

राैतहट : नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई थप ८ दिन थुनामा रहने भएका छन्।

छानबिन गर्न प्रहरीले म्याद थपका लागि जिल्ला अदालत रौतहटमा पेश गरेको थियो। रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले आलमविरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप आठ दिनको म्याद थप गरेको हो।

बिज्ञापन

यसअघि थपिएको ५ दिनको म्याद हिजो सकिएपछि आलमलाई आज अदालत लगेर म्याद थप गरिएको हो। भोलिदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेश गर्ने गरी म्याद थप गर्न लागिएको हो।

आलम गत असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ परेका थिए। पक्राउ परेलगत्तै प्रहरीले अदालतमा पेश गरेर ७ दिनको म्याद थपि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रो पटक म्याद थप गरि अनुसन्धान गर्न लागिएको हो । आलम रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेहरुलाई इट्टाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका हुन् ।थाहाखबरबाट।