बाढीले बगाउँदा तीन बालकको मृत्यु,  एकजना बेपत्ता | OmkarTimes.com

काठमाडौ । बाढीले बगाउँदा सोमबार तीन बालकको मृत्यु भएको छ भने एक जना बेपता भएका छन्  ।

 

बिज्ञापन

मृत्यु हुनेमा सोनमा गाउँपालिका-१ का ५ वर्षीय इन्ताफ नदाफ, ६ वर्षीय अजरुद्विन नदाफ र जलेश्वर नगरपालिका-८ का १३ वर्षीय प्रशान्त ठाकुर रहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

आइतबारदेखि बेपता भएका युवराज ठाकुरको खाेजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।