विप्लवको बन्दमा बम आतंक, गौरादहमा पुललाई लक्षित गरि राखियो बम

झापा। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् ।

मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ ।

बिज्ञापन

रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।

ती सबै शंकास्पद बस्तुहरु विप्लव समूहले सोमबारको एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ ।

आइतबारदेखि सुरु भएको बम आतंक सोमबार बिहानैदेखि बढेको छ । जसबाट देशभरको जनजीवन त्रस्त बनेको छ ।

भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरे प्रहरीबाट मारिएको विरोधमा विप्लवले सोमबार नेपाल बन्द आह्वान गरेको छ । बन्दको पूर्वसन्ध्यामा आइतबार राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट भएका थिए । जसमा ४ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

त्यस्तै झापाको गौरादह-१ गणेश मन्दिर नजिकैको पुलमा शंकास्पद वस्तु फेला परेको छ। रातो झोला भित्र राखिएको उक्त वस्तु बम हुन सक्ने आंशका गरि प्रहरीको बाक्लो निगरानीमा राखिएको छ। उक्त शंकास्पद वस्तुलाई निष्क्रिय गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली आउदै गरेको जानकारी ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख गौरादहका बिनोद श्रेष्ठले जानकारी गराउनु भएको छ।