
काठमाडौं — सबै तहको परीक्षा स्थगिन हुने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमा ट्वीट गर्दै सो कुराको जानकारी दिएका छन्।
बिज्ञापन



उनले निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा छलफल भइरहेको र शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने बताएका छन्।
