अठसठ्ठी लाख रुपैया सहित अनलाइनबाट ठगी गर्ने आठ जना पक्राउ

 

जानुका निरौला 

बिज्ञापन

अनलाइन बिजनेसको नाउमा ठगि गर्ने ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरेका छ । मोरङ सुन्दरहरैचा नपा ३ बस्ने विशाल आचार्य भन्ने निरन्जन प्रसाद आचार्य, खोटाङका शिवजी खड्का, खोटाङकै देवी चौलागाईं, सुनसरी धरानकी भावना राई , धरानकै सरिता परियार, वर्षा कार्की,सानू गौतम र लक्ष्मी कार्की पक्राउ परेका हुन् ।

 

 

उनीहरूले फेसबुकमा best buy Apple store, Bestelectronicsstoreshophome, Kmart electronics लगायतका बिभिन्न फेसबुक पेजहरू मार्फत बिभिन्न प्रकारका electronics items हरु (Iphone, Samsung Mobile) जस्ता सामाग्रीहरू online बिक्री गर्ने भनि पेज खोली उक्त पेजमा बिक्रीका लागि राखिएका सामाग्रीहरू किन्ने उद्देश्यले कमेन्ट तथा म्यासेज गर्ने ग्राहकहरूलाई विभिन्न प्रलोभनमा पारी अफरमा महङ्गो सामानहरु सस्तो मुल्यमा बिक्रीको लागी राखिएको भनि भ्रममा पारी निजहरूलाई Whatsapp मार्फत म्यासेज गरी सामानको निश्चित मुल्यमा खरीद बिक्री गर्ने सहमती भए पश्चात ग्राहकहरूले उक्त सामान प्राप्त गर्न प्रतिमा पराजुली, गरिमा खड्का, छत्र कुमारी धमला लगायतका मानिसहरूको नामको नक्कली कागजातहरू सहित खोलिएको बैंक खातामा रकम जम्मा गर्न लगाई ग्राहकलाई सामाग्री नदिई सम्पर्क बिहिन भई सो खातामा जम्मा भएको पैसा निकाल्न विशाल अर्याल भन्ने निरंजन प्रसाद आचार्यले शिवजी खड्का, देवी चम्लागाई सरिता परियार लगायतका मानिसहरू लगाउने गरी ठगी कार्यमा संलग्न ८ जना मानिसहरूलाई पक्राउ गरी संगठित अपराधमा थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।

 

 

पक्राउ प्रतिवादीहरू मध्ये विशाल अर्याल भन्ने निरंजन प्रसाद आचार्य यस अपराधको प्रमुख भई विभिन्न मानिसहरूको नागरिकताको फोटोकपि प्राप्त गरी उक्त नागरिकताको फोटोकपिको आधारमा बर्षा कार्की, लक्ष्मी कार्की, सानु गौतम लगायतका मानिसहरूलाई NIC ASIA बैंकको खाता खोल्दा रू २ हजार र अन्य बैंकको खाता खोल्दा १ हजार दिने सर्तमा विभिन्न बैंकहरूमा खाता खोली सोही खाता मार्फत ठगी कार्य गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

 

 

उनिहरुको साथबाट सरसठ्ठी लाख उनान्सय हजार सातसय पचास नगद , ५ वटा भारतीय एटीएम सहित ३७ वटा एटीएम, ५८ वटा चेकबुक भारतीय र नेपाली गरेर २५ वटा सिमकार्ड लगायतका सामाग्री बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।