बुधबार बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि

बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ पुगेको हो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै प्रतितोला ९१ हजार ६०० रुपैयाँ पुगेको छ ।

बिज्ञापन

यता चाँदीको मूल्य भने बुधबार अधिकतम प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।