एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

गत आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै आज ९२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिज्ञापन

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँमा कायम भएको छ ।

यता चाँदीको मूल्य भने गत आइतबारकै मूल्य कायम हुँदै सोमबार पनि प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।