
जाजरकोटमा जिप दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ। बारेकोट गाउँपालिका ८ लैखमकी ५६ वर्षीय लक्ष्मी सिंहको मृत्यु भएको छ। जिप चालकसहित चार जना घाइते भएका छन्।

बारेकोट गाउँपालिकाको सेपुखोलाबाट नलगाड नगरपालिकाको खारातर्फ आइरहेको ग१ज ४९५५ नम्वरको जिप लैखमको सागुतरामा दुर्घटना हुदाँ लैखमकी ५६ बर्षिय लक्ष्मी सिंहको घटना स्थलमै मृत्यु भएको छ।
बिज्ञापन



जिप चालक सहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए।
