
काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ गतेसम्मका लागि स्थगित भएको छ। बुधबार बिहान बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो।

आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका बहालवाला र पूर्वन्यायाधीश तथा वकिलहरूलाई बयानका लागि बोलाइएको थियो। तर, कोही पनि उपस्थित नभएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको हो।



सर्वोच्च अदालतका न्यायाधीशहरूले महाअभियोग सिफारिस समितिको बैठकमा उपस्थित नहुने बताइसकेका छन्।

त्यसैगरी पूर्वप्रधानन्यायाधीश हरिप्रसाद शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले पनि समिति बैठकमा बयानका लागि उपस्थित नहुने घोषणा गरेका छन्। सोही कारण अबको बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न समिति बैठक पर सारिएको एक सदस्यले जानकारी दिए।
बुधबारको समिति बैठकले जबराले मुछेका नामहरूमध्ये राजनीतिज्ञबाहेक न्यायाधीश र वकिललाई समितिमा बोलाएर सोधपुछ गर्ने निर्णय गरेको थियो।