नवजात शिशुको शव फेला, आवश्यक अनुसन्धान जारी | OmkarTimes.com

पोखरा । पोखरा पिपलटारीमा एक नवजात शिशुको शव फेला परेको छ । पोखरा महानगरपालिका ३० पिपलटारी मार्गस्थित खेतको कुलाको छेउमा शनिबार नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

बिज्ञापन

पेटभन्दा मुनी र दाहिने हातको केही भाग जनावरले खाएको जस्तो देखिने अवस्थामा नवजात शिशुको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

 

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।