‘खोलामा बहावको मात्रा बढिरहेको छ। अस्ति बचेको घर पनि लैजाने भो ज्यान जोगाउन मुस्किल छ’

सिन्धुपाल्चाेक – निरन्तरको बर्षाले मेलम्ची खोलाको बहाव बढेको छ। केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ। १६ गते दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तटिय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ। असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनहरुसमेत अहिलेको बर्षाले कटान गरिरहेको मेलम्ची वडा नं ११ का स्थानीय वासी दशरथ दनुवारले जानकारी दिए।

बिज्ञापन

‘खोलामा बहावको मात्रा बढिरहेको छ। अस्ति बचेको घर पनि लैजाने भो ज्यान जोगाउन मुस्किल छ,’ दनुवारले भने।