फोन डाइभर्ट गरेर गुनासा सुनुवाई गर्दै हेलो सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने हेलो सरकारले लकडाउनका बेलामा पनि निरन्तररूपमा गुनासो सुनुवाइ भइरहेको जनाएको छ ।

 

बिज्ञापन

गुनासो सुनुवाइको कामलाई निरन्तरता कर्मचारीको मोबाइलमा कल डाइभर्ट हुने व्यवस्था मिलाइएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो । नेपाल टेलिकमसँगको समन्वयमा हेलो सरकारको गुनासो गर्न सकिने नम्बर ११११ लाई १३ जान कर्मचारीको मोबाइलमा डाइभर्ट हुने व्यवस्था मिलाइ गुनासो व्यवस्थापन भइरहेको कार्यालयले जनाएको छ ।

 

‘हेलो सरकारले अहिलेको बन्दाबन्दीको समयमा पनि अविचलित रूपमा गुनासो सुनुवाईको कामलाई निरन्तरता दिएको छ,’ कार्यालयय जारी गरेको सूचनामा भनिएको छ ‘नेपाल टेलिकम संगको समन्वयमा हेलो सरकारको गुनासो गर्न सकिने नम्बर ११११ लाई १३ जान कर्मचारीहरूको मोबाइलमा डाईभर्ट हुने व्यवस्था मिलाइ गुनासो व्यबस्थापन भइरहेको कुरा अनुरेाध गर्दछौँ ।’

 

हेलोसरकारमा अहिले सम्म १ हजार ९सय १७ वटा गुनासो प्राप्त भएकोमा छन् । जसमध्ये ३.८६ प्रतिशत अर्थात् ७४ वटा समाधान भएका छन् भने ४०.१७ प्रतिशत अर्थात् ७ सय ७० वटा फर्स्योट भएका छन् ।

 

त्यस्तै, २७ प्रतिशत अर्थात् ५ सय २९ गुनासा अनुसन्धानका क्रममा रहेका छन् भने ३ सय ४२ गुनासा हेर्ने क्रममा रहेको कार्यालयले जनाएको छ ।  त्यस्तै, २ सय २ गुनासा अर्थात् १०.५४ भने नहेरिएको हेलो सरकारको वेबसाइटमा उल्लेख गरिएको छ ।