
कालीकोट : अविरल वर्षापछिको पहिरोले कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकको ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध भएको छ । दैलेखको किटु, कालीकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड, खल्लागाड, भिग्मलगायत ठाउँमा पहिरो खसेको छ ।




राजमार्ग अवरुद्ध हुँदा कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेका गाडी बाटोमै रोकिएका छन् । केही ठाउँमा मंगलबार पहिरो पन्छाए पनि वर्षा नरोकिएकाले राजमार्ग पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

पहिरोले सडक अवरुद्ध हुँदा बाटोमा सास्ती भएको सुर्खेतबाट जुम्ला जान सोमबार बिहान ५ बजे हिँडेका समाज कल्याण परिषद्का सदस्य गोविन्दबहादुर शाहीले बताए । उनका अनुसार ६÷७ ठाउँमा ठूला पहिरो गए पनि ४०÷५० ठाउँमा साना पहिरो खसेका छन् ।
एक सातायता दैनिकजसो वर्षा हुन थालेपछि कालीकोटको जनजीवन प्रभावित भएको छ । र्षाले ठाउँठाउँमा पहिरो खसेपछि जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन् ।