

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।



बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। अरूको चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। अधुरा काममा पहिलेकै समस्या दोहोरिने सम्भावना छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह काम समयमा पूरा गर्न मुस्किल देखिछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। मनग्गे अर्थ लाभ पनि हुनेछ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा विलम्ब हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। आलोचनालाई बेवास्ता गर्दा दुःख पाइनेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। बुद्धिको उपयोगले मात्र फाइदा हुनेछ। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। समयमा सजगता नअपनाउँदा शुभचिन्तकहरू टाढिन सक्छन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला। समयको महत्त्वलाई ख्याल गर्नुहोला, मिहिनेतले लाभ दिलाउनेछ। परिवेश रमाइलो रहनेछ तर परिस्थितिले मन सशंकित रहनेछ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। पछि आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा शुभचिन्तक र नजिकका साथीभाइ टाढिन सक्छन्। पुरानो समस्या दोहोरिएला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे धनलाभ हुनेछ।