
बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ। मृतक बाँके र दाङ जिल्लाका छन्।

दाङ घोराही उपमहानगरपालिका वडा नं। ७ का ४२ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ।
बिज्ञापन



जेठ १० गते भर्ना भएकी उनको ११ गते पीसीआर गरिएको थियो। दाङ राजपुर गाउँपालिका वडा नं। १ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ।

जेठ २२ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो। बाँके खजुरा गाउँपालिका वडा नं। ३ का ८० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ।
जेठ १८ गते पीसीआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो। योसँगै बाँकेमा कोरोनाबाट ३ सय ६ जना र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३ सय ३० जनाको मृत्यु भएको छ।
बाहिरी जिल्लाको मृतकमा दाङ जिल्लाका बढी देखिएका छन्।