
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ । त्यो रिट निवेदन सर्वाेच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । भिडियो कन्फरेन्सिङको माध्यमबाट त्यस रिट निवेदनउपर सुनुवाइ हुँदै छ ।बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ सहित पाँच जनाले मन्त्रिपरिषद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।




केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको रिट निवेदकले दावी गरेका छन् । प्रधानमन्त्रीले जसपाका महन्त ठाकुर पक्षलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए । जसपाका १० जना मन्त्री ओली सरकारमा सहभागी छन् ।

‘विश्वासको मत लिन नसकेका प्रधानमन्त्री संविधानको धारा ७७ (३) अनुसार कामचलाउ भएको हुनाले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भएकाले सो कदम खारेज गर्न मग गरेका छौं’ वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए।