
कोरोना भाईरस महामारीका कारण भारतमा संचालन भइरहेको इन्डियन प्रिमियर लिग(आईपिएल) स्थगित गरियो।विश्वभरमा गम्भिर रुप लिएको महामारीका कारण खेल स्थगित भएसँगै आँफ्ना खेलाडीहरुलाई भारतबाट देश फर्काउन अस्ट्रेलिया,न्युजिल्यान्ड र इंग्ल्यान्डका क्रिकेट अधिकारीहरु प्रयासरत छन्।

केही खेलाडीहरुलाई कोरोना संक्रमण देखिएसँगै यस सिजनको आइपिएल मंगलबार स्थगित भएको हो।विश्व क्रिकेटका तीनै राष्ट्रहरु हाल आँफ्ना खेलाडीहरुलाई सुरक्षित घर फर्काउन कोसिस गरिरहेका छन्।
बिज्ञापन



पछिल्ला तीन दिनमा तीन टोलीका चार खेलाडी,एक प्रशिक्षक र दुई स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि आइपिएल स्थगित भएको हो।यस सिजनमा ६ राष्ट्रका ६१ विदेशी खेलाडीले आठ फ्रेन्चाइज टोलीबाट खेलेका थिए।
