आज असार १५, तत्कालीन कृषि मन्त्री हरि पराजुलीले कस्तो हर्कत मच्चाएका थिए त?

काठमाडौं । देशभर रोपाइँको चटारो चलिरहेकाे बेला २०७२ साल असार १५ गते मंगलवार तत्कालिन कृषिमन्त्री हरि पराजुलीले अश्लिल हर्कत मच्चाएकाे दिन ।

 

बिज्ञापन

असार १५ को अवसर पारेर मन्त्रीदेखि कलाकारसम्म खेतमा धान दिवसको रमाइलोमा जुटेका थिए । काठमाडौंको मुलपानीमा पुगेका कृषिमन्त्री हरि पराजुलीले भने खेतमै रमिता देखाएका थिए । जसका कारण उनकाे मन्त्री पद नै धरापमा परेकाे थियाे ।

 

उनले आफ्नो जिउमा लागेको हिलो पुछ्न महिलाकै फरियाको सहायता लिए । रमाइलो गर्ने बहाना मन्त्री जस्तो गरिमामय पदको पदीय मर्यादालाई नै लत्याएर अंगालो नै हाले । ती महिलाले मन्त्रीलाई नगर्नु–नगर्नु भन्दै थिइन् तर, मन्त्री ज्यू भने पुनः उही शैलीमा लम्किरहेका थिए ।

 

अप्ठयारो महसुस गरेकी ती महिलाले मन्त्रीको असभ्य व्यवहारप्रति धारे हात लाउँदै गाली गर्दै उम्किन सफल भइन् । तर, पनि मन्त्री ज्युले आफूलाई काबुमा राखेनन् । उनको गालीलाई वास्तै नगरी फेरि अर्की महिलासंग गर्ल्याम्म अंगालो हाल्न पुगेका थिए । मन्त्री ज्यूले एकपछि अर्को गर्दै रोपहार अन्य केही महिलासँग पनि यस्तै दुर्व्यहार गरेका थिए ।