
दमक / दाङको लमहीमा दुर्लभ वन्यजन्तु पाटे बाघको छाला ओखेटोपहारसहित तीन जना व्यक्तिहरु पक्राउ परेका छन्।

दाङको लमही नगरपालिका क्षेत्रमा वन्यजन्तु छालाको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले अनुगमन गर्ने क्रममा गढवा गाउँपालिका–६ स्थित खवरी गाउँमा छापा मारेको हो।
बिज्ञापन



अनुसन्धानका क्रममा बिक्रम बुढामगरकाे घरमा लुकाइएको अवस्थामा झोलाभित्रबाट शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाइ र ३ फिट २ इञ्च चौडाइ भएको पाटे बाघको छाला फेला परेको प्रहरीले जानकारी दिएकाे छ।

पक्राउ पर्नेहरुमा दाङ राजपुर गाउँपालिका–१ का ५३ वर्षीय केशव राज सेन ठकुरी, गढवा गाउँपालिका–६ खवरीका ४१ वर्षीय बिक्रम बुढामगर, र बर्दिया बारबर्दिया नगरपालिका–४ पदनाहका ३३ वर्षीय अनिल थारु रहेका छन्।