चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना   =आजको मौसम

काठमाडौं– आगामी २४ घण्टाका सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही वर्षको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम बुलेटिन जारी गर्दै सो स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाकारी दिएको हो । साथै आवश्यक सतर्कता अपनाउन पनि अनुरोध छ ।

बिज्ञापन

त्यस्तै हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य वदली बदली रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका धेरै र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

त्यस्तै आज राती देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बिहिबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।

त्यस्तै राती देशभर पहाडी भूभागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग÷हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।