मेचीनगरमा जङ्गली हात्तीको आक्रमणमा परी एकको मृत्यु

झापाको मेचीनगर नगरपालिका वडा नं. ९ का ४५ बर्षीय श्याम राईको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

गए राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जङ्गली हात्ती आई गाउँ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो ।

बिज्ञापन

घाइतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सवा २ बजे मृत्यु भएको हो ।

हात्तीलाई प्रहरी र स्थानीयवासीको सहयोगमा जङ्गलतर्फ लखेटिएको छ ।