

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको पथरीशनिश्चरे १ की ६४ वर्षीया महिला, विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुष, उदयपुर बेलटारका ५६ वर्षीय पुरुष र विराटनगर–४ का ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।
बिज्ञापन



यस्तै, मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुष, विराटनगर–१ की ३४ वर्षीया महिला र विराटनगर–१४ का ६८ वर्षीय वृद्ध पुरुषको शनिबार राति नै मृत्यु भएको हो ।

यस्तै विराट मेडिकल कलेजमा दुई सङ्क्रमितको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो । यसैगरी सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमै गएराति मृत्यु भएको छ ।