

काठमाडौं । भायनेटको वेभसाइट ह्याक गरेर डेढ लाख भन्दा बढी ग्राहकको व्यक्तिगत विवरण ट्वीटरमार्फत सार्वजनिक गर्ने चर्चित ह्याकर नरपिचास भनिने निखिल अर्याल पक्राउ परेका छन् ।
बिज्ञापन



नेपाल प्रहरीको साइबर व्यूरोमा ह्याकरको उजुरी पर्नासाथ अनुसन्धान शुरु भएको थियो ।रुपन्देहीको तिलोत्तम नगरपालिका वडा नम्बर १ का १८ वर्षीय नरपिचासलाई आइतबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अपरान्ह ४ बजे उनकै घरबाट पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताएका छन् । उनलाई आजै काठमाडौं ल्याइदैछ ।
