इन्टर मिलानविरुद्ध जित्नैपर्ने दबाबमा युभेन्टस, रेकर्डले भन्छ यस्तो

एजेन्सी – इटालियन लिग सिरी ए फुटबलमा शनिबार लिग च्याम्पियन इन्टर मिलान र युभेन्टस भिड्दैछन्। खेल एल्लिनाज रंगशालामा नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ।

युभेन्टस आफ्नो घरेलु मैदानमा हुने खेल जित्दै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाउने लक्ष्यमा छ। लिगमा युभेन्टसले ३६ खेलबाट ७२ अंक जोडेको छ। हाल तालिकोको ५ औं स्थानमा रहेको युभेन्टस अर्को सिजनको च्याम्पियन्स लिगमा सिधै स्थान पक्का गर्न आजको खेल जित्नैपर्ने दबाबमा छ।

बिज्ञापन

लिग च्याम्पियनलाई हराउन नसके युभेन्टसले युरोपा लिग खेल्नुपर्ने सम्भावना बढ्नेछ। युभेन्टसले लिगको पछिल्लो ५ खेल मध्ये ३ खेल जितेको छ। इन्टर मिलानपनि आजको खेल जित्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ  लिगको उपाधि जितिसकेको मिलानलाई आजको खेलको नतिजाले केहि फरक पार्दैन। हाल मिलान ३६ खेलबाट ८८ अंकका साथ शीर्षस्थानमा छ।

दुई टोलीबिच भएको ३५ खेलमा युभेन्टसले १७ खेल जितेको छ। मिलानले ८ खेलमा मात्र जित निकालेको छ भने १० खेलमा बराबरी भएको छ।