
सोलुखुम्बु – सगरमाथाको चुचुरोमा पुगेर फर्किन लागेका एक आरोहीको निधन भएको छ। सगरमाथा चढेर साउथ समिटमा फर्किएका स्वीट्जरल्याण्डका आरोही अब्दुल वाहेद वारिचको निधन भएको हो।

बिज्ञापन



उनी आरोहण पुरा गरि फर्केर साउथ समिटमा बसेका थिए। बसेकै ठाउँमा उनको निधन भएको पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यले जानकारी दिएकी छिन्। प्रतिकुल मौसमका कारण वारिचको उद्दार गर्न नसकिएको बताइएको छ।

त्यस्तै, आरोहणको क्रममा अर्का एक अमेरिकी नागरिकको पनि ज्यान गएको छ। अमेरिकी नागरिक लिउ पुवेईको समेत क्याम्प ४ मा ज्यान गएको हो। उनी आरोहणमा जाँदा हिलारी स्टेपमा पुग्दा उनलाई समस्या देखिएको थियो। त्यसपछि चुचुरो नलगी क्याम्प ४ मै फर्काइएको थियो। उनको क्याम्प ४ मा ल्याउँदा बाटोमै ज्यान गएको हो।