बैतडीमा आफ्नै बाबुद्वारा छोरीको गोली हानी हत्या

काठमाडौँ । आफ्नै बाबुले हानेको गोली लागेर एक युवतीको मृत्यु भएको छ । गोली लागेर २० वर्षीया बेलमती महराको मृत्यु भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ बर्षिया धनबहादुर महराले आफ्नै छोरीमाथि गोली प्रहार गरेका हुन् ।

बिज्ञापन

महराले आफ्नै विवाहित छोरीमाथि गोली प्रहार गरी जंगलतिर भागेको प्रत्यक्षदर्शीको भनाई छ प्रहरीका अनुसार बेलमतीको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले बताए ।