
दमक । अरनिगो डटकम एउटा यस्तो प्लाटफर्म हो जहाँ तपाइँ हामीले घरमै बनाएका कलात्मक सरसामानहरु राख्न र बिक्री गर्न सकिन्छ।

आँफ्नो रुचि र कला अनुसारका कलाकृतिहरु बनाइ घरमै थन्काउनु भन्दा ती सामानहरु बेचेर आम्दानी गर्ने अवसर मिले औधि राम्रो हुने थियो भन्नेहरुका लागी उपयुक्त आधार बन्न पुगेको छ,अरनिगो।



घरमा फुर्सदको समयमा तपाईँ के के बनाउनुहुन्छ?गमला,झुम्का,फुलदानी,टप,झोला,थैली जस्ता सामाग्रीहरु अरनिगोमा राख्न सकिन्छ।

कलाको बजार अत्यन्त राम्रो हुने भएकाले परिवेश कोइराला,नितु श्रेष्ठ र विवेक शर्मा जस्ता जाँगरीला युवाहरुले इ-कमर्स को व्यापकतालाई मध्यनजर गर्दै हस्तनिर्मित सामाग्रीहरुको मार्केट सुरु गरेका हुन्।
अरनिगोमा आँफ्ना सामानहरु राख्न तपाईँ व्यवसायी नै हुनु पर्दैन। सोखका रुपमा बनाएका वस्तुहरुलाई नै ग्राहकसम्म पुर्याउन यस प्लाटफर्मले मध्यस्कर्ता को भुमिका निर्वाह गरिरहेको छ।