
कैलाली । कैलालीमा ट्याक्टरले च्यापेर बुधबार साँझ कैलालीमा एक बालकको मृत्यु भएको छ ।जिल्लाको गोदावरी नगरपालिका-९ धनचौरीकामा से १ त ३८१२ नम्बरको ट्याक्टरले च्यापिएर डेढ वर्षीय बालक आरभ भटृराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको उनले बताए ।
बिज्ञापन



