भिरबाट लडेर वृद्धको ज्यान गयो

रामेछाप : रामेछापमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । जिल्लाको दोरम्वा गाउँपालिका वडा नं–७ दोब्ला स्थित खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराती ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो ।

आगो निभाउन गएका श्रेष्ठ भिरवाट करिब एक सय मिटर तल लडेका थिए । घटनापछि श्रेष्ठको स्थानीयहरुले उद्धार गरि एम्बुलेन्स मार्फत काठमाडौं तर्फ लैजाने क्रममा दोरम्वा वडा नं–७ कै दोब्लामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

बिज्ञापन

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम मन्थली ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।