प्रधानमन्त्री भन्छन् : गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने माग चौतर्फि उठेको छ । यसैक्रममा गभर्नर प्रकरणमा मौन बसेका प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।

बिज्ञापन

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।