लोकसेवामा सोध्ने महत्त्वपूर्ण प्रश्नहरु: शेयर गरि सहयोग गरौ

 

भाग १ 

बिज्ञापन

१. वर्तमान संविधानमा कति वटा संवैधानिक निकायको व्यवस्था गरिएको छ?
– १३ वटा

२. कुन संस्थाले आन्तरिक लेखापरीक्षणलाई अन्तिम लेखापरीक्षण कायम गर्न सक्छ?
– महालेखा नियन्त्रक

३. पशुपतिनाथ मन्दिरको निर्माण कुन राजाले गरेका हुन्?
– प्रचण्डदेव

४. हालसम्म नेपालमा कति प्रकारका नोटहरु प्रचलनमा रहँदै  आएका छन्?
– ११

५. पहिलो नेपाली हुलाक टिकटको मूल्य कति थियो?
– २ पैसा

६. चेपाङ जातिद्वारा कुन भाषा बोलिन्छ ?
–  प्रजा

७. मानव शरीरमा सबैभन्दा बढी काम गर्ने अंग कुन हो?
– कलेजो

८. नेपालको वाणिज्य बैंक कुन हो?
– नेपाल बैंक लि.

९. जानकी मन्दिर कसले बनाएका हुन्?
– वृषभानुदेवी कुमारी

१०. बूढीगण्डकीदेखि त्रिशूलीसम्मको क्षेत्रमा पर्ने एक मात्र हिमाल कुन हो?
– गणेश हिमाल

११. नेपालमा किवी फलको स्रोत कहाँ स्थापना गरिएको छ?
– दोलखा चरिकोट

१२. नेपालको पहिलो दैनिक पत्रिका कुन हो?
– गोरखापत्र

१३. विश्व वातावरण दिवस कहिले मनाइन्छ?
– जुन ५

१४. मोबाइल फोनमा प्रयोग हुने सिम कार्ड मा सिमको पूर्ण रुप के हो?
– सब्सक्राइबर आइडिन्टिफिकेसन मोडुल

१५. महात्मा गान्धीका पिताको नाम के हो?
– करमचन्द गान्धी

१६. घोडाघोडी ताल कुन जिल्लामा पर्छ?
– कैलाली

१७. ताजमहल कहाँ रहेको छ?
– भारतको आग्रामा

१८. सती प्रथा बन्द गर्ने व्यक्ति को हुन्?
– चन्द्र शमशेर

१९. पृथ्वीजयन्ती कहिले मनाइन्छ?
– पुस २७ गते

२०. भारतको ताजमहल कुन नदीको किनारामा अवस्थित छ?
– यमुना