
दैलेख । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो ।

आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र शाहीलाई राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जनाएको छ । विसं २०७७ मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी छात्र शाहीले परीक्षाको समयमा भएका कामको टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकाले परीक्षा रद्द गरिएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
बिज्ञापन



