मकवानपुर बस दुर्घटना, १५ जना घाइते, ७ को अवस्था गम्भीर

मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । आज (शुक्रबार) धरान–चतरा सडकखण्डको छतिवनमा बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मकवानपुरको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना.३ ख ३३४४ नम्बरको बस दुर्घटना भएको हो ।

घाइतेहरुको छतिवनस्थित प्रहरी चौकी हात्तिसुँढेमा प्राथमिक उपचार गरिएको थियो । गम्भिर घाइते सात जनालाई थप उपचारका लागि हेटौंडा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन