
विराटनगर / भारत सरकारले सहयोग स्वरुप पठाएको कोरोना विरुद्धको खोप प्रदेश नं १ मा पनि आईपुगेको छ । खोप सोमबार बिहानप्रदेश नं. १ को राजधानी विराटनगर आईपुगेको हो । पहिलो चरणमा प्रदेश १ का सबै १४ जिल्लालाई पर्याप्त हुने गरि खोपको ९६ हजार डोज विराटनगर आईपुगेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार माघ १३ गते बेलुका सम्म प्रदेशभरिका जिल्लाहरुमाआवश्यकताअनुसार खोप पुगि सक्ने छ ।

प्रदेशभरिका प्रत्येक जिल्ला अस्पताल र केही ठुला अस्पतालहरुबाट प्रथम चरणमा कोरोना महामारीका बिच अग्रभागमा रहेर क्रियाशील स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना छ । प्रथम चरणमा ३५ हजार ५ सय ७६ जना लक्षित जनशक्तिलाई कोरोना विरुद्धको खोप लगाउने तयारी रहेको प्रदेश सरकारको सामाजिकविकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईले बताउनुभयो ।



प्रथमपटक खोप लगाईसकेकाव्यक्तिले १ महिनापछि पुनः दोश्रोपटकखोप लगाउनुपर्ने भएकाले प्रदेशलाई हाल कुल ७१ हजार १ सय ५२ डोज कोरोना विरुद्धको खोप चाहिएको छ । तर पहिलो चरणमै सोमबार ९६ हजार डोज कोरोना विरुद्धको खोप विराटनगर आईपुगेकाले हालप्रदेश सरकारसँग पहिलो चरणका लागी पर्याप्त खोप रहेको स्वास्थ्यमहाशाखा प्रमुख प्रसाईले जानकारी दिनुभयो ।

कोरोना विरुद्धको खोप गर्भवती महिला, स्तनपान गराईरहेका आमा र १८ बर्षमुनिका बालबालिकाहरुलाई लगाउन नमिल्ने स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ । यसले उनीहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नसक्ने मन्त्रालयको बिश्लेषण छ । कोरोना विरुद्धको खोप भने विराटनगर स्थितप्रदेश स्वास्थ्यआपुर्ति व्यवस्थापन केन्द्रमा भण्डारण गरिएको छ ।