
काठमाडौं । सरकारले नागरिकतासम्बन्धी विधेयकमा राजनीतिक सहमतिका लागि समय मागेका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उक्त विधेयकमाथि छलफलमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा बादलले अंगीकृत नागरिकताका विषयमा आएको नयाँ प्रस्तावमाथि राजनीतिक सहमति जुटाउन समय मागेका हुन् ।



मंगलबारको समिति बैठकमा सभापति शशी श्रेष्ठले नेपाली पुरुषसँग बिहे गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था राख्न प्रस्ताव गरेकी थिइन् ।

त्यस विषयमा बुधबार आयोजित छलफलमा गृहमन्त्री थापाले भने ‘रानीतिक र सरकारी रुपमा छलफल भएको छ । राजनीतlक तहमा सहमति भएपछि यहाँ (समितिमा) पनि टुंग्याउन सकिन्छ सहमतिमा टुंग्याइयोस् असहमतिमा नटुंग्याइयोस् ।’
समितिले गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सहमति जनाएको छैन । उसले अंगीकृत नागरिकताको विषयमा हाल भइरहेको व्यवस्था वा नेपाली पुरुषासँग विवाह गर्ने विदेशी महिलाले चाहेमा नागरिकता लिने व्यवस्था नै राख्नुपर्ने अडान लिएको छ ।