आज तीन प्रमुख शहरमा जसपाको बिरोधसभा हुँदै

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज मुलुकका ३ प्रमुख शहरमा विरोध सभा आयोजना गरेको छ ।

जसपाले विराटनगर, धनगढी र भैरहवामा विरोधसभा गर्न लागेको हो । विराटनगरको सभालाई पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने बताइएको छ ।

बिज्ञापन

त्यस्तै, धनगढीको सभामा पार्टीका कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी र दुर्गा सोवले सम्बोधन गर्ने जसपाले जनाएको छ । भैरहवामा आयोजित विरोधसभाका लागि पार्टी अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी सदस्य महेन्द्र राय यादव र सर्वेन्द्रनाथ शुक्ला त्यहाँ पुगिसकेको बताइएको छ ।

आजको कार्यक्रम सम्पन्न भएपछि अर्को कार्यक्रम पुष २७ गते वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा हुनेछ । त्यस्तै पुष २९ गते पोखरा, सुर्खेत र विर्तामोडमा विरोध सभा गर्ने जसपाले तयारी गरेको छ ।

जनता समाजवादी पार्टीले माघ ३ गते धरान, मलगंवा, सिरहा, कलैया, तौलिहवा, रौतहटमा यस्तै विरोधसभा गर्ने जनाएको छ । संसद विघटनपछि जसपा नेपाल निरन्तर आन्दोलनमा छ । जसपाले दोस्रो चरणका विरोध कार्यक्रम गरिरहेको छ ।